Skip to content

पूर्वमन्त्री महावीर पुनको सम्पत्ति विवरण सार्वजनिकः कास्कीमा जग्गा, ३ तोला सुन, अन्य के-के छन् ?

nabil bank

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा प्रतिनिधि सभाका सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले संघीय संसद सचिवालयलाई बुझाएको विवरण सार्वजनिक गरेका छन् । उनले बुझाएको सम्पत्ति विवरण सार्वजनिक गर्र्दै भनेका छन् ‘‘खास गरि महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्यो भन्ने बिद्वानहरु र रिस गर्ने व्यक्तिहरुले यो हेर्नु होला र छानबिन गर्नु होला ।’’

पुनले आफु शिक्षा मन्त्री हुँदा पनि विवरण बुझाएको स्मरण गराएका छन् । ‘‘उति बेलाको सरकारले सार्बजनिक गरिदिएन । त्यसैले संघीय संसद सचिवालयले पनि सार्बजनिक गरि दिंदैन कि भन्ने शंका लागेर यो विवरण आजको मितिमा सचिबालयलाई बुझाउनु भन्दा पहिले नै म आफैले सार्बजनिक गरेको हुँ’’ उनले भनेका छन्, ‘‘यी भौतिक सम्पति बाहेक मेरो अभौतिक र मुल्यांकन गर्न नसकिने अमुल्य र असिमित सम्पति भनेका देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरु हुन् ।’’

उनले सार्वजनिक गरेको विवरणमा सुन ३ तोला रहेको छ । यो सुन श्रीमतीको नाममा २०६० सालमा किनेको र श्रीमतीकै भएको जानकारी गराएका छन् । यसको स्रोतमा इस्टमित्रले दिएको जनाएका छन् ।

विवरण अनुसार पुनको नाममा दुईवटा बैंकमा खाता रहेको छ । ती खातामा अन्दाजी २९ लाख रुपैयाँ रहेको छ । नेपाल बैंकमा रहेको खातामा करिब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा करिब २५ लाख रुपैयाँ रहेको छ । जसमा ४ लाख रुपैयाँ व्यक्तिगत खर्चका लागि साथीहरूबाट प्राप्त भएको जनाएका छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुपैयाँ गत फागुन २१ गते भएकोृ निर्वाचनमा खर्च गरेर बाँकी रहेको जनाएका छन् । यो रकम बेनीमा रहेको सम्पर्क कार्यालयमा खर्च गर्ने जनाएका छन् ।

यस्तै पुनको सम्पत्तिमा कास्की जिल्लाको माझठाना–७ मा चार कित्तामा २८ रोपनी जग्गा रहेको छ । यी जग्गा ४ वटा कित्तामा रहेका छन् । त्यो जग्गा ४ लाखमा किनेको जनाएका छन् ।
सबै जग्गा पदम पुनसँग मिलेर किनेको जनाएका छन् ।

जग्गा किनेको रकमको स्रोतमा स्वआर्जन अमेरिकाबाट फर्कँदा बचेको पैसा रहेको जनाएका छन् । यो जग्गा राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखेको र अझै बिक्री नभएको जनाएका छन् ।

उनले यो अवधिमा आफ्नो आत्मकथाको पुस्तक (नेपालीमा) हालसम्म २ लाख ५० हजार प्रतिबिक्री गरेको र त्यसबाट आएको रकम राष्ट्रिय आविस्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनार्थ राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंकमा रहेको बैंक खातामा जम्मा गरेको जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi