Skip to content

हिमालयन रि र ७ वटा माइक्रो इन्स्योरेन्सको संस्थापक सेयर प्रिमियममा खरिदः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माग्यो विवरण

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसुन्धान विभागले हिमालयन रिइन्स्योरेन्स र ७ वटा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीसँग विवरण माग गरेको छ ।

विभागबाट भईरहेको अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि विवरण आवश्यक परेको भन्दै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि., गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको विवरण माग गरेको हो ।

यी ७ वटा कम्पनीको ‘‘संस्थापना हुँदा बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा संस्थापक सेयर खरिद गर्ने संस्थापक सेयर खरिद गर्ने महानुभावहरुले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत विभिन्न व्यक्ति तथा संस्थाहरुको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकम, को कस्का नाउँमा रहेको, के कति नम्बरको के कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बुझाई दिनु भई अनुसन्धान कार्यमा सहयोग गरी दिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ’’ जारी सूचनामा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T