Skip to content

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै: पोखरा महानगर

nabil bank

गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ ।

किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरभित्रका एक हजार बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उहाँले मागअनुसारको बीउ भने उपलब्ध गराउन नसकिएको बताए ।

उनका अनुसार पोखरामा अत्यधिक रूपमा पोखरेली जेठो बुढोको माग हुने गरेको छ । महानगरपालिकाले वितरण गर्न लागेको मध्ये दुई हजार किलो राम धान र अन्य पोखरेली जेठो बुढोको बीउ भएको उनले जानकारी दिए ।

महानगरपालिकाले यहीँका किसानबाट प्रतिकिलो दुुई सय रुपैयाँमा धानको बीउ किनेर ५० प्रतिशत अनुदानमा एक सय रुपैयाँमा उपलब्ध गराउने गरेको छ । किसानलाई धानको बीउ उत्पादनका लागि प्रोत्साहन गरिँदै आएको जानकारी दिँदै कडरियाले महानगरभित्र वडा नं १३, २३, २६, २९, ३० लगायतका किसानले बीउ उत्पादन गरिरहेको जानकारी दिए ।
महानगरपालिकाले स्थानीय अनदी, पहेँलेजस्ता धानको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित धानको बीउ ल्याएर किसानलाई उपलब्ध गराउने गरिएको पनि शाखाका प्रमुख कडरियाले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi