Skip to content

सलिकोको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

nabil bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले चालू आर्थिक वर्ष २०८२–०८३ को तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आउँदा कम्पनीको नाफामा गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको चैत समान्तसम्म २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा १३ करोड ३२ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ४७.१३ प्रतिशतले घटेको हो ।

तेस्रो त्रैमाससम्म आउँदा कम्पनीको बीमा व्यवसायबाट हुने मुख्य आम्दानी भने सुधारिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आवको चैत समान्तसम्म यस्तो आम्दानी १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कुल बीमाशुल्क आर्जन पनि बढेर २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

चालु आवको चैत समान्तसम्म आउँदा यस कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत वर्षको तेस्रो त्रैमासम्म १२ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको ईपीएस घटेर अहिले ६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

कम्पनीको कुल सम्पत्ति बढेर १४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति १४ अर्ब ७२ करोड ८ लाख रुपैयाँ रहेको थियो। चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड ८१ लाख रुपैयाँ सञ्चिति रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi