Skip to content

चैतसम्म साढे १६ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। यस अवधिसम्म आउँदा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले मात्र वृद्धि भएको थियो। २०८२ सालको चैत महिनामा मात्रै रु. २ खर्ब ९ अर्ब ७५ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनाको रु. १ खर्ब ३९ अर्ब ५४ करोडको रेमिट्यान्स भित्रिएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. १३ खर्ब ३ अर्ब १२ करोड रहेको थियो।

यसैगरी, वैदेशिक रोजगारीतर्फ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ९४ हजार १८६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २५९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T