काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा शिवम् सिमेन्ट्स कम्पनीले ६१ करोड ९१ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस सिमेन्ट कम्पनीको नाफा गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ५४.५८ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म यस कम्पनीले ४० करोड ५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको चैत समान्तसम्म कम्पनीको कुल बिक्री आम्दानीमा गिरावटआएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ३९ करोड रुपैयाँ रहेको आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ४ अर्ब ९५ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।
यसैगरी, कम्पनीको कुल सम्पत्ति बढेर १३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। जसमा चालु सम्पत्ति ४ अर्ब २७ करोड र स्थिर सम्पत्ति ८ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।
यसैगरी, यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३१ पैसा रहेको छ।












प्रतिक्रिया दिनुहोस्