काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको सम्पत्ति विवरणबारे जनस्तरबाट प्रश्न उठ्दा त्यसलाई किन ढाकछोप गर्न लागेको भन्दै प्रश्न गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा उनले यस्तो प्रश्न गरे । उनले सरकारलाई सम्पत्तिका विषयमा प्रश्न उठेपछि पारदर्शी भएर जवाफको अपेक्षा जनताले गरेको स्मरण गरे ।
उनले बैठकमा संख्याको दम्भमा विधि मिच्ने काम नगर्न सरकारलाई आग्रह गरे ।
‘‘तपाईहरुलाई जनताले विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लगाउनुस्। आफैले बोलाएको संसद स्थगित गरेर जनप्रतिनिधिहरुलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नु भयो’’ उनले भने ‘‘जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरु सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धती र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ रु हिजो पुराना दलहरु सबै उस्तै हुन, सबै खत्तम हुन भन्ने भाष्य निर्माण गरियो । तर आज तपाईहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने कामगर्दै हुनुहुन्छ ।’’












प्रतिक्रिया दिनुहोस्