Skip to content

न्यूयोर्क म्यानह्याटनमा नेपाल गुञ्जिँदै

nabil bank

न्यूयोर्क (अमेरिका) । विश्वकै प्रभावशाली शहर मानिने न्यूयोर्कको म्यानह्याटन मे १७ तारिखमा नेपालमय बन्ने भएको छ । म्यानह्याटनको मुटुमा नेपाली पहिचान र संस्कृति झल्काउने ‘नेपाल डे परेड २०२६’ आयोजना हुन लागेको हो ।

परेडको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले बताए । म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर सम्पन्न हुने उनको भनाइ छ ।

एनआरएनए न्यूयोर्क च्याप्टर, आदिवासी जनजाति महासंघ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा परेड हुन लागेको । यो वर्ष फिप्नाले सक्रिय सहभागिता जनाउने हुँदा परेड विगतको भन्दा भव्य हुने आयोजकको अनुमान छ ।

न्यूयोर्कमा विगत दस वर्षदेखि नेपाल डे परेड आयोजना हुँदै आएको छ । पहिलो पटक सन् २०१६ मा परेड आयोजना गरिएको अध्यक्ष लामिछानेले बताए । विश्वको आर्थिक राजधानीमा नेपाली कला, साहित्य, गीत, संगित तथा भेषभुषा प्रर्दशनमार्फत नेपाली पहिचान र संस्कृतिको प्रवर्दन गर्नु परेडको उद्देश्य हो । विदेशीलाई नेपालको कला-संस्कृति देखाएर नेपाल घुम्न जान आकर्षित गर्न सकिने विश्वास आयोजकको छ । न्यूयोर्क विश्वका सबैभन्दा धेरै डलर अर्बपति (बिलेनायर) बसोबास गर्ने शहर हो ।

यस वर्ष करिव ५० संघ-संस्थाको सहभागिता रहने हुँदा उपस्थिति बढ्ने लामिछानेले बताए । हरेक संघसंस्थाबाट ५/५ जना स्वयंसेवक परिचालन गरिने र पार्किङ तथा खानेपानीको व्यवस्था हुने हुँदा परेड भव्य र व्यवस्थित हुनेछ । विगतमा तीन हजार हाराहारी सहभागी हुने गरेकोमा यश वर्ष करिव ५ हजारको सहभागिता रहने अपेक्षा छ ।

अघिल्लो पटक छुटेको करिव डेढ दर्जन संघ-संस्थाहरु थपिने हुँदा यस वर्षको परेड विगतको तुलनामा भव्य र विशेष हुने फिप्नाका अध्यक्ष एपी लामा शेर्पाले बताए । परेडमा हरेक समुदायका झाँकिहरु प्रर्दशन हुने बताउँदै उनले भने- ‘परेडमा सहभागी झँकीहरु २५ स्ट्रिटमा पुगेर सकिनेछन्, समापनस्थलमा तयार पारिएको स्टेजमा सांस्कृतिक कार्यक्रममा सेलेक्टेड मात्र सहभागी हुन।पाउनेछन् ।’ उनले थपे- ‘बिगतका वर्षहरुमा झाँकीहरु स्टेजबाट मोडिएपछि दर्शकमा उत्साह घट्थ्यो, यो वर्ष सबै समुदायका झाँकीहरुलाई अन्तिमसम्म मञ्चसँग जोडेर आकर्षण बढाउने काम हुनेछ ।’

नेपालल डे परेड म्यानह्याटनको २८ स्ट्रिट, म्याडिसन एभेन्यूबाट सुरु हुनेछ । आयोजकका अनुसार ३८ स्ट्रिटको पार्क एभेन्यूदेखि फिप्थ एभेन्यूसम्म पुरै सडक बन्द गरिने छ । सहभागीहरुलाइ ११ बजेदेखि जम्मा हुन आह्वान गरिएको छ । त्यहाँबाट ठिक एक बजे परेड निस्कने अध्यक्ष लामिछानेले जानकारी दिए ।

३८ स्ट्रिटबाट सुरु भएको परेड २४ र २५ स्ट्रिटमा पुगेसम्म पुग्नेछ । त्यहाँ सांस्कृतिक कार्यक्रमका लागि स्टेज बनाइने छ । ‘एक बजे सुरु भएको परेड करिव दुई बजे समापनस्थ पुग्नेछ, एक घण्टाजति अौपचारिक कार्यक्रम गरेर सांस्कृतिक कार्यक्रम सुरु गरिनेछ’ लामिछानेले भने- ‘सांस्कृतिक कार्यक्रम ६ बजेसम्म चल्नेछ, त्यसपछिको १ घण्टा सरसफाइको काम हुनेछ।’

आयोजक समितिका आर्थिक संयोजक कृष्ण लामिछानेले परेड आयोजनामा ३८ देखि ४० हजार अमेरिकी डलर खर्च हुने अनुमान रहेको बताए । अहिलेसम्म विभिन्न व्यवसायी, संघसंस्था र व्यक्तिबाट करिव ३३ हजार डलरको प्रतिबद्धता आइसकेको उनको भनाई छ ।

उनले भने- ‘हामीले करिव १२५ संघसंस्था, व्यवसायी र व्यक्तिहरुलाई आर्थिक सहयोगका लागि पत्राचार नै गरेका छौं, ४०/४२ वटाबाट प्रतिवद्धता आएको छ।’

परेडमा सहभागी हुने दुई हजारभन्दा बढीको बिमा गरिएको छ । कार र बसका लागि भिआपी पाससहितको पार्किङको व्यवस्था गरिने भएको छ । एक सयभन्दा धेरै स्वयमसेवक परिचालन गरिने हुँदा परेडमा सहभागीहरुलाई धेरै सहज हुने अपेक्षा छ ।

 

 

Companies

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi