काठमाडौ । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।
प्राधिकरणले २०८३ असार २९ गतेको निर्णय अनुसार नयाँ पुनर्बीमा व्यवसायका लागि रोक लगाएको हो ।
प्राधिकरणका अनुसार यसअघि भए गरेका पुनर्बीमा व्यवसायको लागि ‘रेट्रोसेसन’ गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को आधारमा नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाइएको हो ।
बीमा ऐन, २०७९ को दफा ३२ को उपदफा (१) बमोजिम यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्