Skip to content

विद्युत् महसुल नतिर्ने ५५ सय सेवाग्राहीको ‘लाइन’ काटियो

nabil bank

बाँके । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढि सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ ।

वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब ५ हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया सुरु गरेको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार, लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियान सुरुआत गरेपछि नेपालगञ्ज वितरण केन्द्रले करिब रु पाँच करोड बक्यौता असुल गर्न सफल भएको छ । “बितेको पाँच महिनाको अवधिमा हामीले करिब साढे ५ हजार ग्राहकको लाइन काटेका छौँ । यसबाट बक्यौता रकम करिब छ करोड ३० लाख हुन गएको छ”, उनले भने, “लाइनविच्छेद गरेका मध्ये करिब ४ हजार ५०० ग्राहकबाट विद्युत् लाइन पुन:जडान भई करिब पाँच करोड बक्यौता असुल भएको छ ।”

वितरण केन्द्रले लामो समयसम्म महसुल नबुझाउने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियानलाई निरन्तर रुपमा सञ्चालन गरिहेको छ । विद्युत् आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाएको केन्द्र प्रमुख मिश्रले बताए ।

विद्युत् लाइन प्रयोग गरेवापतको महसुल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त अवधिभित्र बिल भुक्तानी नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ । बक्यौता नतिर्ने ग्राहकको लाइन विच्छेद अभियानले ग्राहकलाई समयमै बिल तिर्नुपर्ने सचेतना जगाएको उनको भनाइ छ ।

बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणको लागि नेपालगञ्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकहरुमाथि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ ।

सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाकारण गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ ।

नेपालगञ्ज वितरण केन्द्र नो–लाइट शाखामार्फत महत्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाइ केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi