Skip to content

महालेखा प्रतिवेदन: १४९ हाइड्रोपावर कम्पनीले करिब साढे १८ करोड बक्यौता तिर्न बाँकी

काठमाडौं । १४९ वटा जलविद्युत् आयोजना सञ्चालन गर्ने कम्पनीहरूले करिब साढे १८ करोड रुपैयाँ रोयल्टी बक्यौता तिर्न बाँकी राखेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ताजा प्रतिवेदनले २०८२ साल चैत ३ गतेसम्म आयोजनाहरूबाट १८ करोड ४६ लाख ४७ हजार रुपैयाँ असुल हुन बाँकी रहेको उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार विद्युत् ऐन, २०४९ को दफा ११ मा अनुमतिपत्र प्राप्त संस्थाले जलविद्युत् उत्पादन सुरु गरेको १५ वर्षसम्म प्रति जडित किलोवाट वार्षिक १०० रुपैयाँ र प्रति युनिट (किलोवाट घण्टा) सरदर बिक्री मूल्यको २ प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ।

उक्त अवधि समाप्त भएपछि भने प्रति जडित किलोवाट वार्षिक १ हजार रुपैयाँ र प्रति युनिट सरदर बिक्री मूल्यको १० प्रतिशत रोयल्टी सरकारलाई बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

विद्युत् विकास विभागको विवरणअनुसार २०८२ चैत ६ गतेसम्म १४९ आयोजनाबाट उक्त रकम बक्यौता रहेको देखिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima