काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी छिन् ।
शर्माको सिफारिसमाथि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले भिन्नाभिन्नै रिट वैशाख २५ गते दर्ता अस्वीकार गर्दै दरपिठ गर्न आदेश भएको थियो ।
कामु प्रधानन्यायाधीश मल्लले दरपिठविरुद्धको निवेदन आज दर्ता गरेर भोलि पेसी राख्न आदेश दिएकी छिन् ।
‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ’ मल्लको लिखित आदेशमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्