Skip to content

सिटिजन लाइफ अन्तर्राष्ट्रिय ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

nabil bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ विधाबाट सम्मानित गरिएको छ ।

इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा थाइल्यान्डको बैंकक मा आयोजित समारोहमा उक्त अवार्ड घोषणा गरिएको हो । कम्पनीले प्राप्त गरेको आधिकारिक ट्रफी तथा प्रमाणपत्र केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमबीच ग्रहण गरिएको जनाएको छ ।

सिटिजन लाइफका अनुसार उक्त अन्तर्राष्ट्रिय सम्मानले कम्पनीको सुदृढ वित्तीय अवस्था, ग्राहक सेवामा उत्कृष्टता, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा जीवन बीमाको पहुँच विस्तारमा खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले ग्राहक, अभिकर्ता तथा कर्मचारीको योगदानकै कारण यस्तो उपलब्धि हासिल भएको बताएका छन् । उनले कम्पनीले आगामी दिनमा पनि सुरक्षित, भरपर्दो, आधुनिक तथा प्रविधिमैत्री सेवा विस्तार गर्दै नेपाली नागरिकको जीवन सुरक्षामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

सिटिजन लाइफले पछिल्ला वर्षहरूमा डिजिटल बीमा सेवा विस्तार, ग्राहक पहुँच अभिवृद्धि तथा नवीन बीमा योजनामार्फत बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi