Skip to content

सेयर बजारमा हरियाली, ३ अर्ब ८२ करोडको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ३०.०८ अंकले बढेर परिसूचक २७५४.४८ बिन्दु कायम भएको छ ।

कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । आज ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ कारोबार भएको छ ।

कारोबारमा २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । जसले बजारलाई हरियाली बनाउन सहयोग गरेको छ ।

कारोबारमा अप्पर लोहर खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा कर्पोरेट डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । बैंकको १८ करोड ३५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा आँखु खोला जलविद्युत कम्पनी र अपी पावर कम्पनी रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi