काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन नं. १४ को बुँदा नं. ३. बमोजिम हुने गरी काममा लगाउन निर्देशन दिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थालाई आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य नपार्न समेत निर्देशन दिएको छ । यो व्यवस्था यसअघि थिएन । यो नयाँ व्यवस्था हो ।












प्रतिक्रिया दिनुहोस्