Skip to content

काठमाडौंमा अन्तर्राष्ट्रिय मानव संशाधन दिवस २०२६ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६ भव्य रूपमा सम्पन्न भएको छ।

मानव संसाधन समाज नेपालद्वारा आयोजित कार्यक्रममा नेपालका विभिन्न संस्था तथा उद्योग क्षेत्रका २५० भन्दा बढी मानव संसाधन क्षेत्रका व्यक्तित्वके सहभागिता रहेको थियो ।

बदलिँदो कार्यसंस्कृति, मानव–केन्द्रित नेतृत्व तथा संगठनात्मक रूपान्तरणमा मानव संशाधन पेशेवरहरूको बढ्दो भूमिकालाई सम्मान तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको कार्यक्रममा मानव संशाधन क्षेत्रका अग्रज, कर्पोरेट प्रतिनिधि, शिक्षाविद् तथा विभिन्न उद्योगका पेशेवरहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष मोहन थापाले यस वर्षको अन्तर्राष्ट्रिय विषय “इम्पावर पिपल टू लिड चेन्ज” अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरे । उनले कृत्रिम बौद्धिकता, बदलिँदो कार्यशैली, महामारीपछिको कार्यसंस्कृति तथा आर्थिक अनिश्चितताजस्ता चुनौतीहरूको बीचमा एचआर पेशेवरहरू परिवर्तनको नेतृत्वदायी भूमिकामा रहेको बताए ।

उनलेमानव संशाधन पेशेवरहरू केवल परिवर्तनलाई सहयोग गर्ने भूमिकामा सीमित नभई परिवर्तनको नेतृत्व गर्ने अवस्थामा पुगेको उल्लेख गर्दै मानव संसाधन समाज नेपालको साझा दृष्टिकोणलाई संगठन, उद्योग तथा समाजलाई मानव–केन्द्रित बनाउने सामूहिक प्रतिबद्धताको रूपमा व्याख्या गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T