Skip to content

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम करिब ६ अर्ब  

nabil bank
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा पुगेको छ । समग्रमा सेयर बजार १ प्रतिशतले बढेकाे छ ।
सेयर बजारसँगै आज कारोबार रकम पनि बढेको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेमा आज ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको मात्र सेयर मूल्य घटेको छ । बाँकी १२ उपसमूहको सेयर मूल्य बढेको छ । आज म्युचुअल फण्ड उपसमूहको सेयर मूल्य घटेको हो ।
यसैगरी, सोमबार सबैभन्दा धेरै थ्री स्टार हाइड्रो पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयर मूल्य आज ९ प्रतिशतले बढेको छ । यसैगरी, आज सुपरखुदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशत बढेको छ ।
आज कारोबार रकमको आधारमा उच्च स्थानमा आँखुखोला हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी, रिडी हाइड्रोपावर कम्पनीको ३० करोड १७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi