काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आउँदा जीवन बीमा कम्पनीहरूले साढे १ खर्ब रुपैयाँभन्दा धेरै व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार वैशाख मसान्तसम्म हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।
यस अवधिमा कम्पनीहरूले १ करोड १६ लाख ८४ हजार ८८३ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका छन् । वैशाख महिनामा मात्रै लाइफ इन्स्योरेन्स कम्पनीहरूले ४ लाख २ हजार ७६३ बीमालेख जारी गरी १५ अर्ब ७१ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
वैशाख मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै बीमा व्यवसाय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । चालु आवको वैशाख मसान्तसम्म यस कम्पनीले १९ लाख २२ हजार ६१९ बीमालेख बिक्री गरी ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
यसैगरी, वैशाखसम्म आउँदा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार ६६१ बीमालेख जारी गरी १९ अर्ब दुई करोड ५९ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ ।
यस अवधिसम्म आउँदा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९६ हजार २९२ बीमालेख जारी गरी १६ अर्ब ८४ करोड २८ लाख ५६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । यस अवधिमा हिमालयन लाइफले १४ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ६ लाख २८ बीमालेख जारी गरी १० अर्ब ९ करोड ६२ लाख रुपैयाँ र मेट लाइफले पाँच अर्ब ४९ करोड ९९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
यसैगरी, एशियन लाइफले ८ अर्ब १ करोड ५२ लाख २६ हजार रुपैयाँ, आइएमई लाइफले पाँच अर्ब ५० करोड २६ लाख रुपैयाँ र सन नेपाल लाइफले तीन अर्ब ५५ करोड आठ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
वैशाख मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले चार अर्ब ९४ करोड १४ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ६ अर्ब ७८ करोड ७६ लाख ५३हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । ।
चालु आवको दश महिनामा सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड ९० लाख, सानिमा रिलायन्सले पाँच अर्ब ९८ करोड चार लाख र प्रभु महालक्ष्मी लाइफले चार अर्ब ७० करोड सात लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
वैशाख मसान्तसम्म आउँदा लघुबीमा कम्पनीहरूले २४ लाख ३७ हजार २४ बीमालेख जारी गरी ९६ करोड ५६ लाख ४४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ३४ करोड ६६ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले ३४ करोड ९४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २६ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २४ लाख चार हजार ४२ बीमालेख जारी गरी दुई अर्ब ८२ करोड ५३ लाख ११ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्