Skip to content

सिटिजन्स बैंकले बोलायो विशेष साधारणसभा, अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने 

काठमाडौं । सिटिजन्स बैंकले  ‘७.५ सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ । बैंकको जेठ १२ गते बसेको बैठकले ७ औँ विशेष साधारण सभा बोलाएको हो ।
बैंकको विशेष साधारण सभा असार ३ गते बिहान ९.०० बजे बैंकको मुख्य कार्यालय रहेको भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाण्डौंमा हुने भएको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार नेपाल राष्ट्र बैंकको निर्देशन तथा नियामक निकायको स्वीकृतिपछि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव सभामा पेस गरिने भएको हो ।
बैंकले जारी गर्न लागेको उक्त अग्राधिकार सेयरअन्तर्गत कुल २ करोड कित्ता सेयर निष्कासन गरिने जनाएको छ । यो सेयर अविमोच्य तथा असञ्चिति प्रकृतिको हुने बताइएको छ । विशेष साधारण सभामा अग्राधिकार सेयर जारीसँग सम्बन्धित विभिन्न प्रस्तावहरू पनि पेस गरिनेछन् ।
बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दै अग्राधिकार सेयरमार्फत पूँजी परिचालन गर्ने व्यवस्था थप गर्ने, अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गरी संरचना संशोधन गर्ने प्रस्ताव सभाको एजेन्डामा समावेश गरिएको छ । यसैगरी,  बैंकको समूहगत सेयर स्वामित्वलाई थप स्पष्ट बनाउने विषयमा पनि आवश्यक संशोधन प्रस्ताव पेस गरिने जनाइएको छ ।
बैंकले अग्राधिकार सेयर जारी, दर्ता तथा सूचीकरण प्रक्रियाका क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्ड  लगायत नियमनकारी निकायबाट प्राप्त निर्देशन तथा सर्तअनुसार आवश्यक थपघट, परिमार्जन, भाषा सुधार तथा प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभामा लैजाने भएको छ ।
बैंकले आठौँ विशेष साधारण सभा प्रयोजनको लागि मिति जेठ २६ गते एक दिन बैंकको सेयर दाखिल खारेज दर्ता किताब बन्द हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T