Skip to content

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय: समितिलाई पूर्णता दिनेदेखि जेनजी आन्दोलनसम्म

nabil bank

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ४ निर्णय गरेको छ । जसमा सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सशस्त्र प्रहरी रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ।

बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको म्याद ४५ दिनका लागि थपिएको छ ।

बैठकले भूमि समस्या समाधान समितिको रिक्त पदमा नियुक्ति गर्ने निर्णय गरेको छ । जसमा अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला रहेका छन् भने सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठ रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi