Skip to content

इप्पानमा आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न वरिष्ठ उपाध्यक्ष डाँगीको आह्वान

nabil bank

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नका लागि आह्वान गरेका छन् ।

आगामी २४औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले सर्वसम्मत रुपमा चयन गर्नका वर्तमान, निवर्तमान अध्यक्ष तथा सल्लाहकारहरुलाई आग्रह गरेका छन् ।

”आठौं अधिवेशन र विधान संशोधन सम्वन्धी कानुनी र गैरकानुनी तर्क वितर्कहरू मिडियाहरूमा आईरहेकै छन् । यी सबै तर्क वितर्कलाई थाती राखेर विशेष गरेर अध्यक्षज्यू र मैले संयुक्त र व्यक्तिगत हिसाबले सर्वसंवत बनाउन पहल गरिरहेका छौ’’ उनले भनेका छन्, ‘‘तर संभव भएको छैन ।’’

उनले अध्यक्ष र आफुका साथै उमेरद्वार नरहेका कार्य समितिका उपाध्यक्ष राम प्रसाद आचार्य, हालको कार्यसमितिमा निरंतर रहेका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण प्रसाद आचार्य र पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईसमेत ५ जना भएर सर्वसम्मत नेतृत्व चयनको लागी अन्तिम प्रयत्न गर्न सार्वजनिक रूपमा प्रस्ताव गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi