काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले संस्थापक सेयरधनी यम बहादुर पुनले आफ्नो नाममा रहेको २ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न प्रक्रिया अघि बढाएका छन्।
उक्त सेयर बिक्रीका लागि आवश्यक स्वीकृतिको माग गर्दै सञ्चालक समिति समक्ष निवेदन दिएपछि वित्तीय संस्थाले विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। मिति गत चैत २५ गते प्रकाशित सूचनाको अवधिभित्र कुनै पनि विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेको कम्पनीले जनाएको छ ।
उक्त संस्थापक खरिद गर्न इच्छुक अन्य सर्वसाधारण व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने भएका छन्। इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिदसम्बन्धी योग्यता पुगेको प्रमाण खुल्ने कागजातसहित आवश्यक विवरण पेश गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन्।












प्रतिक्रिया दिनुहोस्