Skip to content

अर्थमन्त्री डा.वाग्लेले करका दर हेरफेर गरेको भन्दै छानबिन गर्न माग

nabil
global ime

काठमाडौ‌ । राष्ट्रियसभाका सदस्यहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर फेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

सभाको आजको बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले भने “आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर त्यसमा पेज घटाएर अर्को विधेयक निकालिएको विषय छापाहरूमा आइरहेको छ, यो विषयमा स्पष्ट हुनुपर्छ ।”

सांसद रेनु चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करको दरमा हेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति गठन हुनुपर्नेमा जोड दिइन् ।

सांसद नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धका विषयमा दिनुभएको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ बजे बस्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T