Skip to content

चालु खाता र शोधनान्तर स्थिति बचतमा, करिब १७ अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा खाता र शोधनान्तर स्थिति दुवै बचतमा देखिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा ५ अर्ब ५ करोडले बचतमा छ ।

वैशाख मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको थियो । वैशाख मसान्तसम्म १६ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ५८ करोड रहेको थियो ।

वैशाख समीक्षा अवधिमा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोडले बचतमा रहेको छ । गत आवकोे सोही अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति वैशाख मसान्तसम्म ५ अर्ब ९८ करोडले बचतमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi