Skip to content

वाणिज्य बैंकको सेयर धितो कर्जामा करिब साढे १ खर्ब लगानीः सबैभन्दा धेरै नबिलको, अन्यको कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा (मार्जिन नेचर लोन) लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत मसान्तको तुलनामा यस्तो कर्जा लगानी २.१३ प्रतिशतले वृद्धि भएको हो । चैत मसान्तसम्म बैंकहरूको सेयर धितो कर्जा १ खर्ब ३६ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

वैशाखसम्म सबैभन्दा धेरै सेयर धितो कर्जा लगानी गर्ने नबिल बैंक रहेको छ । बैंकले १७ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा लगानी गरेको छ, जुन चैतको तुलनामा १.६४ प्रतिशतले बढी हो । दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको सेयर धितो कर्जा १४ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ पुगेको छ, जुन एक महिनामा ५.२९ प्रतिशतले वृद्धि भएको हो ।

यसैगरी, कुमारी बैंक को १० अर्ब ९१ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंक को ९ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंक को ९ अर्ब ५० करोड ३५ लाख रुपैयाँ तथा सिद्धार्थ बैंक को ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ सेयर धितो कर्जा रहेको छ।

कृषि विकास बैंक ले ८ अर्ब ७० करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंक ले ८ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ, नेपाल बैंक ले ६ अर्ब ६९ करोड २३ लाख रुपैयाँ तथा प्रभु बैंक ले ६ अर्ब २५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi