Skip to content

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कुल निष्काशित शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँड गरिसकिएको छ ।

त्यस्तै ४२ हजार कित्ता सामूहिक लगानी कोष र १७ हजार कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ । कम्पनीले बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलर हेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको साख मूल्याङ्कनमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi