Skip to content

गभर्नर पौडेलको हस्ताक्षर भएको ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा (डिजाइनसहित)

काठमाडौ‌ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलको हस्ताक्षर भएको ५०० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याईएको छ ।

राष्ट्र बैंकले आज सूचना जारी गर्दै ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको छ ।

यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गते ५ सय रुपैयाँ दरका ३ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो । आजदेखि चलनचल्तीमा ल्याएको नयाँ नोटको अग्र भागमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ” भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख भएको छ ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्पm लालीगुराँसको पानी छाप रहेकोर तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको । साथै, पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेका छन् ।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको । नोटमा ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको रहेको छ ।

नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाघको चित्र र सोको माथि “नेपाल राष्ट्र बैंकले लेखिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi