Skip to content

कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्न राष्ट्र बैंकले माग्यो सुझाव, के–के व्यवस्था परिमार्जन हुँदैछ ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि लागू हुने कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्न सरोकारवालासँग सुझाव मागेको छ।
बदलिँदो बैंकिङ वातावरण, श्रम कानुन तथा मानव संसाधन व्यवस्थापनका नयाँ अभ्यासलाई समेट्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको विनियमावलीका विभिन्न व्यवस्थामा परिमार्जनको तयारी गरेको छ । सोही परिमार्जन सम्बन्धी राष्ट्र बैंकले सम्बन्धित निकायसँग सुझाव माग गरेको हो ।
प्रस्तावित संशोधनमा राष्ट्र बैंकले कर्मचारी नियुक्ति, बढुवा, सेवा–सुविधा, अनुशासन, अवकाश तथा कार्यस्थल सुरक्षासम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवहारिक बनाउने तयारी गरेको जानकारी दिएको छ।
विनियमावलीले बैंक तथा वित्तीय संस्थाको संगठनात्मक संरचना, दरबन्दी निर्धारण, पद वर्गीकरण तथा कर्मचारी नियुक्ति प्रक्रियालाई व्यवस्थित गर्ने व्यवस्था गरिएको छ।
(पूर्णपाठ)
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima