Skip to content

नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा, के छन् प्रस्ताव ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले आफ्नो २९औँ वार्षिक साधारणसभा आगामी असार ३१ गते आयोजना गर्न भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा बिहान ११ बजे काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा बस्नेछ।

सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव रहेको छ।

यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा एक महिला सहित सात जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

साधारण सभामा सहभागी हुन असार १६ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द (बुक क्लोज) गरिने भएको छ। असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima