काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरण अनुसन्धानका लागि पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेसकी नेतृ आरजु राणा देउवालाई बयानका लागि म्याद तोकेको छ । आयोगले राणाको घर ठेगानामा सूचना टाँस गरेर म्याद तामेल गरेको हो ।
‘आयोगले गत मंगलबार देउवाको भग्नावशेष निवासमा आरजु राणाको नाममा ३५ दिनभित्र बयानका लागि उपस्थित हुनका लागि म्याद तामेल गरेको छ । देउवा दम्पती उपचारका लागि भन्दै ४ महिना अघि सिंगापुर गएका थिए । सिंगापुरबाट नेपाल नफर्केकाले राणाका घर ठेगानामा आयोगले म्याद तामेल गरेको हो ।
उक्त ठेक्का प्रकरणमा आरजुको प्रत्यक्ष संलग्नता नदेखिए पनि परराष्ट्रमन्त्रीको हैसियतमा उनको पनि संलग्नता हुन सक्ने आशंकाका कारण आयोगले बयानको लागि बोलाएको हो ।









प्रतिक्रिया दिनुहोस्