Skip to content

काठमाडौं महानगरले प्रदुषण कम र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखेको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दै यो उल्लेख गरेको हो । ‘फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्य क्रमलाई प्रवद्र्धन गरी रोजगारी र आय वृद्धी गर्ने कार्यक्रमहरुलाई उच्च प्राथामिकतामा राखिएको छ,’ प्रस्तावित बजेटमा भनिएको छ, ‘त्यसैगरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननी लगायतका सम्पदा स्थलहरुको संरक्षण कार्य एवम् मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण र प्रवर्धनमा समेत आवश्यक वजेट व्यवस्थापन गरिएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima