काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा युवा केन्द्रीत स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने कुरालाई पनि बजेटमा उल्लेख गरेको छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा यो उल्लेख छ ।
‘यसका लागि १० करोड रुपैयांँ विनियोजन गरिएको छ । त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । जेन्जी सहिद तथा अमर प्रहरीको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ,’ डंगोलले प्रस्ताव गरेको बजेटमा भनिएको छ, ‘अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरको कारण हिड्डुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघर मै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।’









प्रतिक्रिया दिनुहोस्