काठमाडौं । काठमाडौं महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ ।
आगामी वर्षको बजेटले यस्तो व्यवस्था गरेको हो । ‘प्लाष्टिक झोलामुक्त काठमाडौँको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि मुलतः वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा तर्फ १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सामाजिक विकासमा ४९ करोड, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड, हरियाली प्रबर्धन गर्न ४३ करोड, सूचना प्रविधि तर्फ ४१ करोड, स्वास्थ्य सेवातर्फ ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ ।’









प्रतिक्रिया दिनुहोस्