Skip to content
Prabhu

सुन १८ सयले बढेर फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

 

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । जेठ २२ गते नयाँ रेकर्ड बनाएको सुनको मूल्यले बिहीबार त्यो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो ।

जेठ २२ गते १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेर सुनको मूल्य बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले महँगो भएको हो । बुधबार छापावाला सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस सुन २ हजार ३६८.७४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.४३ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal