काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतका नेताहरु उद्घाटन समारोहमा सहभागी छन् ।
उनीहरुले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे ।
रास्वपाको चितवनमा सुरु पहिलो राष्ट्रिय महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्