Skip to content

हायर पर्चेज कर्जामा वाणिज्य बैंकको लगानी ११.२६ प्रतिशतले बढ्यो, कुन बैंक अगाडि ?

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आउँदा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले हायर पर्चेज कर्जाको लागि १ खर्ब २५ अर्ब ७८ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् । वाणिज्य बैंकले यस्तो कर्जा एक वर्षमा ११.२६५६ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंकहरुले यस्तो कर्जामा लगानी १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख ५० हजार रुपैयाँ गरेका थिए । गत आर्थिक वर्षको वैशाख मसान्तको तुलनामा सबैभन्दा धेरै हायर पर्चेेज कर्जा लगानी बढाउन सफल बैंक एभरेस्ट बैंक रहेको छ ।
यस बैंकले यस्तो कर्जा लगानी ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँबाट बढाएर १० अर्ब ५४ करोड २६ लाख रुपैयाँ पुर्याएको छ।  बैंकले गाडी कर्जा एक वर्षमा ११२.५९ प्रतिशतको वृद्धि गरेको हो।
यसैगरी, यस अवधिमा कृषि विकास बैंकको लगानी ५०.६६ प्रतिशत, हिमालयन बैंकको ४२.२४ प्रतिशत, नेपाल एसबीआई बैंकको ४०.९१ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको २१.७९ प्रतिशतले बढेको छ।
नबिल बैंकको लगानी १२.१४ प्रतिशत, इन्भेस्टमेन्ट मेगा बैंकको १६.०६ प्रतिशत, माछापुच्छ्रे बैंकको १३.१८ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलको ६.६८ प्रतिशत, प्रभु बैंकको ९.५९ प्रतिशत, एनएमबी बैंकको २.९८ प्रतिशत, सिद्धार्थ बैंकको ४.५० प्रतिशत तथा लक्ष्मी सनराइज बैंकको १.८३ प्रतिशतले वृद्धि भएको छ।
गत वैशाख महिनाको तुलनामा चालु आवको वैशाख महिनासम्म आउँदा केहि बैंकले हायर पर्चेज कर्जामा लगानी घटाएका छन् । एक वर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको लगानी ४२.३८ प्रतिशतले घटेर ९८ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।
एनआईसी एशिया बैंकको लगानी ३८.९४ प्रतिशत, कुमारी बैंकको ३७.१६ प्रतिशत, नेपाल बैंकको १९.५७ प्रतिशत, प्रभु बैंकको ७.१५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १.२३ प्रतिशत तथा सानिमा बैंकको ०.८३ प्रतिशतले घटेको छ।
रकमका आधारमा भने वैशाख २०८३ सम्म ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै यस्तो कर्जा लगानी गरेको छ । यस बैंकको यस्तो कर्जामा लगानी १५ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ रहेको छ । ग्लोबल पछि सबैभन्दा धेरै यस्तो कर्जा लगानी गर्ने दोस्रो बैंक नबिल बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आउँदा १३ अर्ब ५ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसैगरी,  राष्ट्रिय वाणिज्य बैंकको ११ अर्ब १० करोड २५ लाख रुपैयाँ, एभरेस्ट बैंकको १० अर्ब ५४ करोड २६ लाख रुपैयाँ तथा हिमालयन बैंकको ९ अर्ब १४ करोड १४ लाख रुपैयाँ लगानी रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi