Skip to content

मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

काठमाडौं । गए राति लाक्पा शेर्पाको घर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

आगलागीबाट शेर्पाको घरभित्र राखिएको नगद रु ५० हजार, दुई तोला सुन, ३० मुरी आलु, तीन मुरी धान, चार मुरी मकैलगायत अन्नपात, भाडार्वतन र लत्ताकपडा जलेर नष्ट भएको हो ।

शेर्पा निदाइरहेको अवस्थामा आगलागी भएको तर, आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको सूचना प्राप्त भएपछि प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi