Skip to content

पूर्वअर्थमन्त्री विष्णु पौडेल सात दिन थुनामा, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढ्दै

काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सात दिन थुनामा राख्न अनुमति दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावलउमेश कोइराला को इजलासले सोमबारदेखि लागू हुनेगरी पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।

अदालतको आदेशअनुसार अब विभागले अनुसन्धानको प्रगतिअनुसार पुनः म्याद थपका लागि पौडेललाई विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ।

पूर्वउपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल लाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। सोमबार विशेष अदालतमा उपस्थित गराइएपछि अदालतले अनुसन्धानका लागि सात दिनको हिरासत अनुमति दिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T