Skip to content

रेविज खोप आकस्मिक उपचारका लागि अभाव छैन, चाँडै टेण्डर प्रक्रियामा जाने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए । उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताए । “हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ”, उनले भने, “चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ ।”

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराए । गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरेर नआएपछि पुन: टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।

कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनुपर्दछ । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले दुई तीन दिनभित्रा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए ।

केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविज विरुद्धको खोप लगाइरहेको बताए ।

“अस्पतालमा रेविज विरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ”, उनले भने, “हाम्रो अस्पतालमा रेविज विरुद्धको खोपको अभाव छैन ।” उनका अनुसार अस्पतालमा दैनिक १८० जना रेविज विरुद्धको खोप लगाउने आउने गर्दछन् ।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारीले यही आर्थिक वर्षममा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविज विरुद्धको खोप लगाइएको छ । आव २०८०/८१ मा ६३ हजार ८१५ जना, आर्थिक वर्ष २०८१/८२ मा ४७ हजार ५८६ जनालाई रेविज विरुद्धको खोप लगाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi