Skip to content

लाभांश पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले बाेलायाे साधारण सभा

काठमाडौं । यूनाइटेड आजोड इन्स्योरेन्स कम्पनीले आफ्नो ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको मंगलबार बसेको सञ्चालक समिति बैंठकको निर्णयानुसार उक्त सभा असार ३१ गते, बुधबार बिहान १०ः३० बजे अमरपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रालि, बालुवाटार, काठमाडौंमा बस्ने गरी तय भएको छ।

सभाको विशेष प्रस्ताव अन्तर्गत सेयरधनीहरूका लागि लाभांश वितरणको मुख्य प्रस्ताव पेश गरिनेछ। इन्स्योरेन्सले हालको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ।

यसैगरी, कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी पारित गर्नेछ।

बोनस सेयर जारी भएपश्चात् इन्स्योरेन्सको चुक्ता पूँजी वृद्धि भई दुई अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले असार १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। तसर्थ, असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi