चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६:३० बजेदेखि ७ बजेसम्म हुनेछ ।
आयोगकका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली साँझ ७:३० बजे प्रकाशित गर्ने जानकारी दिए । यसैगरी, ७:३० बजेदेखि साँझ ८ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध, साँझ ८:१५ बजेसम्म पदाधिकारीविरुद्ध परेको दाबी विरोधविरुद्ध जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय साँझ ८:३० बजेसम्म तोकिएको छ ।
पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८:४५ बजे, मौन अवधि राति ८:४५ बजेदेखि राति ९:१५ बजेसम्म, मतदान राति ९:१५ देखि राति १२:१५ बजेसम्म हुनेछ ।
यस्तै, मतगणना राति १२:१५ बजेदेखि १:१५ बजेसम्म गरिनेछ भने राति १:३० बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख छ ।
रास्वपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्