Skip to content

रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ ।

सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुन: सरेको जानकारी दिए । यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो ।

चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi