काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुने निश्चित भएको छ ।
निर्वाचन आयोगका अनुसार पार्टीको महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा छन् । गौतम र कार्कीको कडा भिडन्त हुने भएको छ ।
यस्तै महामन्त्रीमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना,गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।
यस्तै, सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन् । जसमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेदवार छन् ।
यस्तै, महिला सहमहामन्त्रीमा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा छन् ।











प्रतिक्रिया दिनुहोस्