काठमाडौं । एसियाली विकास बैंकले नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न, व्यापार प्रवद्र्धन गर्न तथा रोजगारी सिर्जनालाई सहयोग पु¥याउन ५ करोड अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण स्वीकृत गरेको छ।
यो ऋण दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमको दोस्रो उपकार्यक्रम अन्तर्गत प्रदान गरिएको हो। यसले भन्सार प्रक्रियामा सुधार तथा देशको लजिस्टिक्स क्षेत्रको विकासका लागि पहिले भएका प्रयासलाई थप अघि बढाउनेछ।
यस कार्यक्रममार्फत डिजिटल प्रविधिको प्रयोग, जोखिममा आधारित निरीक्षण तथा सरल प्रक्रियामार्फत भन्सार प्रणालीलाई आधुनिकीकरण गरिनेछ। साथै, राम्रो पूर्वाधार योजना, नियामक संरचना तथा समन्वयमार्फत लजिस्टिक्स क्षेत्रलाई सुदृढ बनाइनेछ। यी सुधारले व्यापार लागत घटाउने, सीमापार व्यापारलाई थप पूर्वानुमानयोग्य बनाउने, आपूर्ति शृंखलाको दक्षता बढाउने तथा वस्तुको सहज आवागमन र क्षेत्रीय मूल्य शृंखलासँगको एकीकरणलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
‘दक्ष भन्सार तथा लजिस्टिक्स प्रणाली नेपालको आर्थिक रूपान्तरण र क्षेत्रीय बजारसँगको एकीकरणका लागि अत्यन्त महत्वपूर्ण छन्,’ नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले भने। ‘सीमापार व्यापारलाई छिटो, पूर्वानुमानयोग्य र कम लागतयुक्त बनाएर यस कार्यक्रमले व्यावसायिक वातावरण सुदृढ गर्ने, प्रतिस्पर्धात्मक क्षमता बढाउने, लगानी आकर्षित गर्ने तथा गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग पु¥याउनेछ।’









प्रतिक्रिया दिनुहोस्