Skip to content

सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।

काठमाडौंस्थित होटल याक एण्ड यतीमा सोमबार आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लामा उपस्थित थिए।

आईक्यानले आर्थिक वर्ष २०८१–८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डहरूको प्रभावकारी पालना, साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरेको जनाएको छ।

सम्मान ग्रहणपछि कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त उपलब्धि सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए। उनले यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको उल्लेख गरे।

उनले यस उपलब्धिमा मार्गदर्शन गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गर्ने बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi