Skip to content

नेपाल–चीन बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीनतर्फ प्रस्थान

काठमाडौं । नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ चीनको बेइजिङमा आयोजना हुन लागेको ‘नेपाल–चीन बिजनेस एन्ड इनभेष्टमेन्ट समिट २०२६’ मा सहभागी हुन निर्यात व्यवसायी महासंघ नेपालको बुधबार एक प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गरेको छ।

नेपाली दूतावासको आयोजना तथा चाइना काउन्सिल फर द प्रमोजन अफ इन्टरनेसनल ट्रेडको सहयोगमा १ र जुलाई २ (असार १७ र १८ गते) बेइजिङस्थित सीसीपीआईटी अडिटोरियममा यो महत्वपूर्ण समिट आयोजना हुँदैछ । फिनको ९ सदस्यीय टोलीको नेतृत्व अध्यक्ष गोविन्द प्रसाद घिमिरेले गरेका छन् ।

चीन प्रस्थान गर्नुअघि अध्यक्ष घिमिरेले भने“ विभिन्न देशका व्यावसायिक संस्थाहरूसँग निरन्तर सम्पर्क, नेटवर्क र सहकार्य गरेर अगाडि बढ्ने फिनको उद्देश्य हो । चिनियाँ उद्यमलाई विश्वव्यापी अवसरहरूसँग जोड्न सीसीपीआईटीले अमूल्य पुलको रूपमा काम गर्दै आएको छ र यो सम्मेलन प्रभावकारी हुने विश्वास लिएका छौं।’’

नेपाली दूतावासकी आर्थिक कुटनीति प्रमुख पार्वती अर्यालले नेपालको प्रिमियम प्रोडक्टहरूको बजारीकरणदेखि प्रविधि हस्तान्तरणसम्मका लागि यो समिट निकै सहयोगी सिद्ध हुने बताए । अर्यालले समिटमा नेपालको व्यापार तथा लगानीका अवसर र नीतिहरूका बारेमा विशेष प्रस्तुतीकरण हुने बताए।

समिटमा व्यवसायीहरुको नेपाल उद्योग वाणिज्य महासंघलगायतका व्यवसायी संस्थाका प्रतिनिधिहरुको सहभागीता छ । चाइना चेम्बर अफ इन्टरनेसनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक सु चियाङ, नेपाल सरकारको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उप–निर्देशक राजेन्द्र सिंह, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति होम प्रसाद घिमिरे, नेपाल जडिबुटी उत्पादक संघका डा.ध्रुव भट्टराईलगायतले नेपालका प्रमुख उद्योग र निर्यातजन्य सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्ने छन्।

सिआइसिआइसी र दाहुआ टेक्नोलोजी जस्ता स्थापित चिनियाँ कम्पनीहरूले नेपालमा काम गर्दाको आफ्नो अनुभव साझा गर्नेछन् । चिनियाँ र नेपाली व्यवसायीहरूबीच सिधा व्यावसायिक संवाद हुनेछ, जसले प्रत्यक्ष वैदेशिक लगानी र व्यापार सम्झौताका लागि बाटो खोल्ने अपेक्षा गरिएको छ । शिखर सम्मेलनले नेपालमा चिनियाँ लगानी भित्र्याउन र नेपाली उत्पादनहरूलाई चिनियाँ बजारमा स्थापित गर्न कोेसेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi