Skip to content

क्यान्सर सचेतना तथा ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न

काठमाडौं । एनके सिंह मेमोरियल इङ्ग्लिस प्रिपरेटरी सेकेन्डरी स्कूलमा विद्यार्थी लक्षित क्यान्सर सचेतना तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र कडरियाको पहलमा उक्त कार्यक्रममा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ विषयक छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो।

कार्यक्रममा विद्यालयका ७० भन्दा बढी विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको आयोजकले जनाएको छ।

विद्यार्थीहरूलाई सार्वजनिक स्वास्थ्य र पर्यटनजस्ता राष्ट्रिय महत्वका विषयबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा प्रस्तुतीकरण, शैक्षिक भिडियो प्रदर्शन तथा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रमार्फत व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

क्यान्सर सचेतनामा डा. किशोर कुमार प्रधानाङ्ग र डा. आज्ञा प्रधानाङ्गले क्यान्सरका प्रारम्भिक लक्षण, रोगबाट बच्ने उपाय, स्वस्थ जीवनशैलीको महत्व, सुर्तीजन्य पदार्थको सेवनबाट हुने जोखिम, समयमै स्वास्थ्य परीक्षण र प्रारम्भिक पहिचानको आवश्यकता तथा क्यान्सरसँग सम्बन्धित भ्रम र यथार्थबारे जानकारी गराएका थिए। उनीहरूले स्वस्थ जीवनशैली अपनाएर धेरै प्रकारका क्यान्सरको जोखिम कम गर्न सकिनेमा जोड दिएका थिए।

विद्यालयकी प्रधानाध्यापक प्रमिला सिंहले यस्ता ज्ञानमूलक तथा सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र भविष्यप्रतिको सकारात्मक सोच निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै कार्यक्रम आयोजना गरेकोमा गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालप्रति आभार व्यक्त गरिन्।

आयोजक संस्थाहरूका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै जिम्मेवार पर्यटनको अवधारणालाई प्रभावकारी रूपमा प्रवर्द्धन गरेको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई देशका विभिन्न विद्यालय र समुदायसम्म विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत दुवै संस्थाले व्यक्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi