Skip to content

मौद्रिक नीति ल्याउने दिन बढ्यो सेयर बजार, कारोबार रकम करिब साढे ४ अर्ब नजिक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीति सार्वजनिक गर्ने दिन मंगलबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजारमा मापक परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि सेयर बजार मैत्री मौद्रिक नीति ल्याउने अपेक्षासँगै आज बजार सकारात्मक भएको हो ।यसैगरी, आज ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएको २१० कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।
आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ। यसैगरी, आज बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यसैगरी, आज कालंगा हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको कम्पनीको सेयरमूल्य आज ६७ रुपैयाँ ३० पैसा बढेर ५१६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। आज आरबिबि फोकस ४० को इकाईमूल्य करिब १४ प्रतिशत बढेको छ भने सानिगाड हाइड्रोको सेयरमूल्य साढे १० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज १० प्रतिशत केबिएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रहेको छ। आज २० करोड ७५ लाख रुपैयाँ बराबरको सो डिबेञ्चर कारोबार भएको छ। यसैगरी, आज करिब १८ करोड रुपैयाँको १०.३५ प्रतिशत एग्रीकल्चर बैंक डिबेञ्चर २०८३ कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi