Skip to content

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले ८ निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न ८ निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

१.काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने।

२ गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।

३. विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने।

४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र ९ व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने।

५. कारागार नियमावली २०८३ स्वीकृत गर्ने।

६.मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने।

७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने।

८.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima