Skip to content

रोकिएन सेयर बजारमा गिरावट, परिसूचक २५ सय बिन्दु नजिकै

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ ।

बजार मापन गर्ने सूचक १९.६७ अंकले घटेर परिसूचक २६०१.९२ बिन्दु कायम भएको छ ।

बजारमा आएको गिरावटसँगै परिसूचक २५ सय नजिकै पुगेको छ ।

३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७२८ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ४२ कम्पनीको मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ । आज सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा उपकार लघुवित्त, स्नो रिभर, जनउत्थान लघुवित्त वित्तीय संस्था लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै सालपा विकास बैंक, थ्री स्टार हाइड्रो, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi